हैट ! वन मन्त्रालयबाटै १८५ थान कम्युटर गायब !
काठमाडौं । आजको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार अनुसार वन तथा वातावरण मन्त्रालयबाट १८५ थान कम्युटर गायब भएका छन् ।
वनमन्त्री शक्ति बस्नेतले सचिव विश्वनाथ ओलीलाई ती गायब कम्युटर खोज्न निर्देशन दिइएको समाचारमा छ ।
समाचारमा जनाइए अनुसार मन्त्री बस्नेतले सचिव ओलीसँग कि त चोर पक्रनु, या बदमासी कर्मचारीलाई हत्कडी लगाउन निर्देशन दिएका छन् ।
कम्युटर कसरी गायब भए भन्ने पनि रमाइलो किस्सा रहेको छ । सुरुमा मन्त्री बस्नेतले आफ्नो टेबलमा कम्युटर राख्न भने तर, दुई महिनासम्म पनि उनको टेबलमा कम्युटर पुगेन् ।
त्यसपछि मन्त्रीले कम्युटरको विवरण मगाए । सचिवले स्टोरकिपरसँग मागे । उनले पेस गरेको विवरणमा १८५ थान कम्युटर खरिद गरिएको र कहाँ छन् भन्ने यकिन नभएको पाइएको हो ।