वन कार्यालय र सडक विभागबीच सहमति जुटेन,सडकको बीचमै रुख राखेर कालोपत्रे गर्ने तयारी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

वन कार्यालय र सडक विभागबीच सहमति जुटेन,सडकको बीचमै रुख राखेर कालोपत्रे गर्ने तयारी



काठमाडौँ । धनगढी क्षेत्र आसपासका ग्रामीण बस्तीका सडकको हालत आश्चर्य जनक छ । कालोपत्रे गर्न सडकमा गिटी बिच्छ्याइएको छ, सडक भरी रुखै रुख छन् ।

सडक विभाग र वन विभागबीच सहमति हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । सघन सडक अन्र्तगत धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सठक निमार्ण भइरहेको छ ।

संघीइ आयोजना कार्यन्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर २ सय ८४ ओटा साना ठुला रुख छन् र यसरी औसतमा हरेका किलोमिटरमा सडकभित्र ७ वटा रुख पर्दछन् ।

इकाइका प्रमुद सुरेशकुमार वाग्लेले वन कार्यालयले रुख कटानको अनुमति नदिँदा रुखवरिपरीको केहि ठाँउ छाडेर सडक कालोपत्रे गर्न लागेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । फाइल तस्बिर :