वन डढेलो नियन्त्रण गर्न अग्निरेखा निर्माण गर्दै नमुना सामुदायिक वन - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

वन डढेलो नियन्त्रण गर्न अग्निरेखा निर्माण गर्दै नमुना सामुदायिक वन



हेमन्त न्यौपाने 

पुर्नवास ,कञ्चनपुर । गर्मियाम सुरु भएसंगै वनमा लाग्ने डढेलो नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका ४ र ६ नम्बर वडामा रहेको नमुना सामुदायिक वनले अग्निरेखा निर्माण सुरु गरेको छ । अग्निरेखा निर्माणका लागि वनका पदाधिकारी तथा उपभोक्ताहरुले सोमबारदेखि सो कार्य सुरु गरेका छन ।

कार्यमा सहभागी रहेका वनका सचिव गणेश लामिछानेले वनमा हुने डढेलो नियन्त्रण गर्नका निमित्त गोरेटो छेउछाउमा कसैले चुरोटका ठुटा तथा अन्य कुनै अगलागी हुने सामान्य क्रियाकलाप गर्दा समेत आगलागी नहोस भनी पातपतिङगरहरुलाई जलाईदिने तथा वन भित्र सानासाना टुक्रामा विभाजन गरि आगो सल्किहालेमा सबै ठाँउमा नपुहोस भनि अग्निरेखा कोरिएको बताउनुभयो ।

त्यस्तै, अग्निरेखा निर्माण कार्यमा खटिनुभएका वनका उपाध्यक्ष रवि थापाले गतबर्षहरुमा झै यस बर्ष पनि डढेलो नियन्त्रण गर्न समितिका पदाधिकारी तथा उपभोक्ताहरु मार्फत अग्निरेखा कोर्ने काम गरिएको बताउनुभयो । उहाँले अग्निरेखा निर्माण गर्न अझै केहिदिन लाग्ने समेत बताउनुभयो ।

सहिद गोविन्द गौतमले शहादत प्राप्त गरेको भुमि आनन्दबजार देखि २ किलोमिटरको दुरिमा रहेको उक्त बन भारतीय सीमासंग जोडिएकाले पनि वनको क्षेत्रफल सीमा विवादसंगै टुँगिन सकेको छैन । यस वनको केहि भुभागमा भारतीय पक्षको दाबी छभने नेपाली पक्षले वनलाई संरक्षण गर्दै आईरहेको छ । बर्षौदेखि नेपालीभुमिमा पर्ने बताईएको वन भित्र रहेको ताल समेत भारतीय पक्षद्वारा दाबी गरेपछि समिति अलमल परेको छ । सीमा समस्या समाधानभए वन संरक्षणमा समेत सहयोग पुग्ने समिति बताउछ ।