बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसँग सांसद मै माग - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसँग सांसद मै माग



काठमाडौँ  – बलात्कार, हत्या तथा यौनहिंसाका आरोप लागेका रामबहादुर बमजनमाथि छानबिन गरी कारबाही गर्न संसदमा आवाज उठेको छ ।

बिहीबार प्रतिनिधि सभाको संसद बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद विमला बिकले बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसँग माग गरेकी हुन् ।

बैठकमा बोल्दै उनले भनिन्, ‘हामी बुद्ध जन्मेको देशका मानिस हौं । बौद्ध धर्म मान्छौं तर तपस्वीको भेषमा बमजमले बलात्कार र तीन आनीहरूलाई बेपत्ता पारेका समाचारहरू आइरहेका छन् । त्यसैले उनीमाथि छानबिन गरी कारबाही होस् ।’

वमजनले गरेका कर्तुतहरु एकपछि बाहिर आउन थालेपछि प्रहरीले पनि चासो देखाएको छ । प्रहरीले वमजनमाथि विशेष निगरानी सुरु गरेको हो ।