धर्मगुरु भनेर दावी गर्ने बम्जनले एक महिलालाई दर्जनौंपटक बलात्कार गरेको खुलासा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

धर्मगुरु भनेर दावी गर्ने बम्जनले एक महिलालाई दर्जनौंपटक बलात्कार गरेको खुलासा



काठमाडौं, देशैभरी बलात्कारका घटना बढन थालेपछि अधिकारकर्मीहरु समेत जुर्मुराएका छन् ।

आज देशभरि नै स्वतःस्फूर्तरुपमा निर्मला पन्तको हत्याको छानबीन माग गर्दै प्रदर्शनमा उत्रिएसँगै धर्मगुरु भनेर दावी गर्ने राम बहादुर बम्जनविरुद्ध महिलाहरु खनिने भएका हुन ।

राम बहादुर बम्जनले एकजना महिलालाई दर्जनौंपटक बलात्कार गरेको कुरा सार्वजनिक भएपछि महिला अधिकारकर्मीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

सामुदायिक सूचना नेटवर्क सिआइएन चाकुपाट ललितपुरमा अहिले केही छिनपछि पत्रकार सम्मेलन हुन गइरहेको छ ।