रामबहादुर बमजनको एकपछि अर्को कर्तुत खुल्दै ,आश्रमबाट अर्की युवती गायब ! - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रामबहादुर बमजनको एकपछि अर्को कर्तुत खुल्दै ,आश्रमबाट अर्की युवती गायब !



काठमाडौं – आफूलाई लिटिल बुद्ध भनेर प्रचार गर्दै आएका रामबहादुर बमजनको एकपछि अर्को कर्तुत खुल्दै गएको छ । बमजनको आश्रमबाट छोरी हराएको भन्दै सर्लाहीको बागमती नगरपालिका–१२ की सुम्नी बोटले प्रहरीमा उजुरी दिएकी छन् ।

बमजनविरुद्ध यो पाँचौं उजुरी परेको हो । २०६६ सालदेखि बमजनको आश्रममा बस्न थालेकी रिता बोट बेपत्ता भएपछि आमाले प्रहरीमा जाहेरी दिएकी हुन् ।

सुम्नीले एकपटक छोरी रितासँगै बमजन घरमा आएर एक महिनासम्म बसेको, छोरी पछिल्लो पटक आउँदा जमिनमुनि गाडेका फोटोहरू झिकेर जलाएर गएको, त्यसपछि फर्केर नआएको जाहेरीमा उल्लेख गरेकी छन् ।

जाहेरीमा भनिएको छ, ‘छोरी अहिलेसम्म आएकी छैनन् । बरू बमजन आफैं आएर रिताबारे सोधेका थिए ।’

उनको र बमजनको बीचमा गुरू र आनीको सम्बन्ध मात्र थिएन, बमजनले आफूहरूबीचमा प्रेमसम्बन्ध रहेको पनि बताएका थिए । जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले जाहेरीमाथि अनुसन्धान भैरहेको बताए ।