रामबहादुर बम्जनविरुद्ध १४ वर्ष जेल सजाय - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

रामबहादुर बम्जनविरुद्ध १४ वर्ष जेल सजाय



काठमाडौँ- जवर्जस्ती करणीको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता भएको छ ।

सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले जवर्जस्ती करणीको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ।

सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। बम्जनविरुद्ध एक १५ वर्षीय किशोरीले करणीको आरोप लगाएकी थिइन्।

सिन्धुलीमा आश्रम बनाएर बसिरहेका बम्जनलाई प्रहरीले दुईपटक पक्राउ गर्ने प्रयास गरेपनि सफल नभएको जनाएको छ।