बमजनविरुद्ध पश्चिमा र क्रिश्चियनहरूको षड्यन्त्रको नयाँ खुलासा ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बमजनविरुद्ध पश्चिमा र क्रिश्चियनहरूको षड्यन्त्रको नयाँ खुलासा !



काठमाडौं। अनुयायीमाथि यौन शोषण गरेको आरोपमा पटक–पटक विवादमा तानिएका लिटिल बुद्धका नामले परिचित रामबहादुर बमजनविरुद्ध यूरापियन यूनियन र अमेरिकनहरूले षड्यन्त्र शुरु गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

बमजनका मानवीय त्रुटि भए पनि उनलाई लगाइएका आरोपहरू धेरै झुट रहेको देखिएको छ । उनलाई सिध्याउन यूरोपियन यूनियन योजनाबद्ध तरिकाले भित्रैदेखि सक्रिय भएको रहस्य बाहिर आएपछि धेरैको होस उडेको छ ।

बमजनले जान–अञ्जानमै शुरु गरेको बुद्ध बन्ने प्रयासलाई यूरोपियन यूनियन र अमेरिकनहरूलाई मन परेको थिएन । बमजनको गतिविधिबाट पश्चिमा राष्ट्र र क्रिश्चियनहरूलाई टाउको दुःखाइ बन्दै आएको थियो । बमजनको कमजोरीलाई देखाएर उनको चरित्र हत्या गरी एक हदसम्म पश्चिमा राष्ट्र र क्रिश्चियन संघ संस्थाहरू सफल भए पनि त्यो सफलता भने धेरै दिन टिक्ने अवस्थामा छैन ।

नेपालमा क्रिश्चियन गतिविधिमा बमजन बाधक बनेका थिए । अहिले पनि बाधक छन् । बमजनले जानेर क्रिश्चिनय धर्मविरुद्ध कुनै पनि गतिविधि गरेका थिएनन् र छैनन् । तर, बमजनको कार्यबाट प्रभावित भएका जनजातिहरू क्रिश्चियन बन्न अस्वीकार गरिदिएपछि समस्या यहीबाट उत्पन्न भएको हो ।

क्रिश्चियन बनेकाहरू पनि पुनः बमजनको लिटिल बुद्धमा समावेश भएका छन् । बमजनको यो कार्यको नेपालमा ठूलो लगानी गरेका क्रिश्चियनहरूलाई मन परेको थिएन । बमजन मन नपरेपछि उनलाई खेदो खन्न शुरु गरेका थिए ।

बमजनविरुद्ध घृणा फैलाउने कार्य पनि भएका छन् । अमेरिकन र यूरोपियन यूनियनको पैसाबाट सञ्चालित संघ संस्थाको योजनामा चार महिना लगाएर बमजनविरुद्ध स्टिङ अप्रेशन गरिएपछि क्रिश्चियनहरूको रहस्य बाहिर आएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले बमजनविरुद्ध हत्या र बलात्कारमा छानविन गरिरहेपनि अहिलेसम्म कुनै प्रमाण भेट्टाउन सकेको छैन । बमजनविरुद्ध कारबाहीको माग गर्दै संसदमा समेत आवाज उठेको थियो ।

‘रामबहादुर बमजनको कार्यबाट प्रभावित भएकाहरू क्रिश्चिन धर्म मान्न तयार भएनन्’,स्रोतले भन्यो, ‘क्रिश्चियन भैसकेकाहरू पनि फेरि बौद्ध धर्ममा फर्किएपछि पश्चिमा राष्ट्र र क्रिश्चियन संस्थाहरू बमजनको चरित्र हत्या गर्न सक्रिय भएका हुन् ।’

क्रिश्चियनहरूले नेपालमा आफ्नो निशासना गरिव जनता, आदिवासी जनजाति र दलितहरूलाई बनाउँदै आएका छन् । यो समूह नै बमजनप्रति आकर्षित भएपछि क्रिश्चियन गतिविधिमा बाधक भएको ठानेर सिध्याउने खेलामा लागेको रहस्य बाहिर आएको छ ।

होइन भने बमजनविरुद्ध यति ठूलो राशि रकम खर्च गरी किन फेक रिपोर्ट बनाइयो भन्ने प्रश्न अहिले उठेका छन् । कि त उनी दोषी हुन् भनेर छानविन गर्ने निकायले प्रमाणित गर्न सक्नु प-यो ।