बम्जन बिरुद्ध प्रहरीमा उजुरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बम्जन बिरुद्ध प्रहरीमा उजुरी



काठमाडौं– ‘लिटिल बुद्ध’को रुपमा चर्चामा आएका रामबहादुर बम्जनले आफ्ना अनुयायीहरुलाई बेपत्ता पारेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

बम्जनले तीन वर्षदेखि आफ्ना अनुयायीलाई बेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको हो ।

लामो समयदेखि बम्जनको अनुयायीका रुपमा उनको आश्रममा बस्दै आएका जितपुर सिमरा उपमहानगरपालिका–१८ का ३४ वर्षीय सुरेशकुमार आलेमगरका आफन्तले प्रहरीमा उजुरी दिएका हुन् । बम्जन विगत तीन वर्षदेखि बेपत्ता रहेको परिवारले जनाएको छ ।

परिवारका सदस्यले दिएको उजुरीमा आले पटक पटक घर आउने गरेपनि बम्जनका विश्वासपात्र मानिएका जसबहादुर वाइवाले घरमै आएर लगेदेखि उनी वेपत्ता भएको उल्लेख छ ।