अब नेकपामा सबैभन्दा शक्तिशाली नेता वामदेव - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अब नेकपामा सबैभन्दा शक्तिशाली नेता वामदेव



काठमाडौं- नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ।

मौजुदा नियमावलीमा संगठन विागको अकिार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ। हाल नेकपाले आफूसँग ८ लाख सदस्य रहेको दाबी गरेको छ।

पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन्। उनलाई उपाध्यक्ष बनउने गरी पुस पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ।

अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन्।

त्यस्तै बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुनेछन् भनेर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डे र वीरेन्द्र ओलीले लेखेका छन्। यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ।

अहिलेको संगठनात्मक संरचनाअनुसार नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा झलनाथ खनाल र चौथोमा माधवकुमार नेपाल छन्।

नौ सदस्यीय सचिवालयमा गौतम पाँचौं वरियताका नेता हुन्।

तर नेकपाले संगठन विभागलाई शक्तिशाली बनाउने गरी बनाएको कार्ययोजनाले गौतमलाई ओली र प्रचण्डपछि पार्टी संगठनभित्र अधिकार क्षेत्रका हिसाबले ‘तेस्रो शक्तिशाली नेता’ बनाउन खोजेको देखिन्छ।