वामदेवसँग चुनावमा को को लड्दैछन् ? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

वामदेवसँग चुनावमा को को लड्दैछन् ?



काठमाडौं–७ मा उप निर्वाचन हुँदा नेकपाका वामदेव गौतमको प्रतिस्पर्धीका रुपमा को उम्मेदवार बन्ने भन्ने चर्चा सुरु भएको छ।

कांग्रेसका प्रकाशसरण महत, धनराज गुरुङ, विश्वप्रकाश शर्मा वामदेवसँग चुनाव लड्ने चर्चा छ।

तर पार्टीमा अहिलेसम्म आधिकारिक छलफल नभएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

त्यस्तै विवेकशील साझाबाट संयोजक रवीन्द्र मिश्रले उम्मेदवारी दिने योजना बनाईसकेका छन्। मिश्रले पार्टीमा छलफल समेत अघि वढाईसकेका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–१ बाट मिश्र पराजित भएका थिए। काठमाडौं–७ मा भने उनको पार्टीका उम्मेदवारलाई पाँच हजार ३ सय ७५ मत प्राप्त गरेका थिए।