बामदेवलाई ठाउँ छोड्न रामवीरका तीन सर्त - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बामदेवलाई ठाउँ छोड्न रामवीरका तीन सर्त



काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्।

पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन सांसद श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार राजिनामा पत्र बुझाएका हुन्।

काठमाडौं ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले दिएको राजिनामा अध्यक्ष प्रचण्डले नै बोकेर बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा गएका थिए, जुन पत्र बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सुनाए।

प्रचण्ड र गौतमसमक्ष प्रतिनिधि सभा सदस्य पदबाट राजिनामाका लागि मानन्धरले तीन वटा शर्त राखेका थिए। उनले राखेका तीन मागमा– आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने छन्।

प्रचण्ड र गौतमले आफ्ना शर्त पूरा हुने आश्वासन दिएपछि गौतमलाई काठमाडौँ–७ छाड्न आफू तयार भएर राजिनामा पत्र पार्टी समक्ष बुझाएको मानन्धरले निकटस्थहरूलाई बताएका छन्।