वामदेवद्वारा एमाले परित्याग घोषणा, बुझाए राजीनामा - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

वामदेवद्वारा एमाले परित्याग घोषणा, बुझाए राजीनामा



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

नेता गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिँदै एमए परित्याग गरेको बताइएको छ ।

स्रोतका अनुसार गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजिनामा बुझाएका हुन् ।