बामदेव प्रकरण: नेकपाभित्र हलचल आउने पक्का ! - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

बामदेव प्रकरण: नेकपाभित्र हलचल आउने पक्का !



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र वामदेव गौतमको कारण तनावको अबस्था आउने सङ्केत देखिएको छ । सांसद बन्ने इच्छाका कारण उत्पन्न विवाद अन्त्य हुने जस्तो देखिएपनि झन् जटिल बन्दै गैरहेको स्रोत बताउँछ ।

स्रोतका अनुसार गौतमले आफूलाई पार्टीभित्र असहयोग भएका कारण समस्या आएको बताउन थालेका छन् । ललितपुरको भैँसेपाटीस्थित निवासामा आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग गौतमले पूर्वएमालेभित्रका नेताहरूले काठमाडौं ७ मा उम्मेदवार बन्न रोकेको बताउने गरेका छन् । उनले आफु बिरुद्ध पार्टीको एउटा तप्का पुरै लागेको बताउन थालेका छन्

स्रोत अनुसार  ‘वामदेव पूर्वएमालेका नेताहरूसँग आक्रोशित छन्’ , ‘उनले सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा आफुविरुद्ध क्यापेनिङ नै भएको ठहर गरेका छन् त्यो पनि आफ्नै पार्तीबाटै ।’

पूर्वएमालेप्रति आक्रामक देखिएका नेता गौतम पूर्वमाओवादी केन्द्रका नेताहरूसँग भने लचक देखिएका छन् । माओवादी नेताहरूले आफूलाई सहयोग गरेको उनको बुझाइ छ ।

बामदेवको चुनाव प्रकरणले नेकपाभित्र एउटा हलचल ल्याउने पक्का छ ।