वामदेव गौतम पनि देउवाको पक्षमा उभिए - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

वामदेव गौतम पनि देउवाको पक्षमा उभिए



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । उनले एमाले स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको भन्दै देउवाको पक्षमा उभिएका हुन् ।

उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको अनलाइनखबरलाई बताएका छन् । उनले धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु ओली समुहको गल्ती भएको बताएका छन् ।

सांसदहरुलाई स्वविवेकीय अधिकार दिनु लोकतान्त्रिक अधिकार भएको समेत गौतमले बताए ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार विश्वासकाे मत लिंदैछन् ।