ओली-प्रचण्डको वार्तामा वामदेव पनि सहभागी - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

ओली-प्रचण्डको वार्तामा वामदेव पनि सहभागी



काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको वार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका । दुई अध्यक्षबीच छलफल चलिरहँदा उपाध्यक्ष गौतम पनि छलफलमा पुगेको बताइएको छ ।

पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफललाई तिव्र पारेका छन् ।

पार्टीभित्र संकट गहिरिँदै गएपछि प्रधानमन्त्रीसमेत रहेका ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेपछि वामदेव पनि बैठकमा सहभागी भएका हुन् ।