वामदेवलाई फेरी कास्कीबाट चुनाव लड्न ओलीको अफर - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

वामदेवलाई फेरी कास्कीबाट चुनाव लड्न ओलीको अफर



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पुनः कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । केही दिनअघि बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरे पनि गौतमले अहिले चुनाव लड्ने मुड नभएको बताएकोे उनीनिकट स्रोतले जनाएको छ ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्कीको निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका थिए । तर, गौतमले रवीन्द्रकी पत्नी विद्या भट्टराईलाई नै चुनाव लडाउनुपर्ने प्रस्ताव गरेका छन् ।

‘मलाई अहिले चुनाव लड्ने मुड छैन, विद्यार्थी राजनीति गरेकी विद्यालाई चुनाव लडाउँदा ठिक हुन्छ । उनले रवीन्द्रको राजनीतिक जीवनलाई साथ दिन आफ्नो राजनीतिक क्षमतालाई गुमनाम बनाएकी छन्’ गौतमले ओलीलाई जवाफ फर्काएका हुन । नागरिक दैनिकले खबर छापेको छ ।