वामदेव गौरमको स्पष्टिकरण: 'म ओली समुहमा लागेको छैन' - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

वामदेव गौरमको स्पष्टिकरण: ‘म ओली समुहमा लागेको छैन’



काठमाडौं- राष्ट्रियसभा सदस्यसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू केपी ओली समुहमा नगएको बताएका छन् । एमाले भित्रको आन्तरिक किचलोले राष्ट्रिय राजनीति तातिरहेका बेला राष्ट्रियसभा बैठकमा समेत गौतमले एमालेको चर्चा गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा एमालेको आन्तरिक विवाद सुनाउँदै गौतमले एमालेको विवाद सर्वोच्च अदालतको फैसलापछि मात्रै मिल्ने बताए । बैठकमा बोल्दै गौतमले सर्वोच्चको फैसलापछि मात्र एमाले विवाद समाधानतर्फलाग्ने समेत बताए ।

उनले भने, ‘पार्टीको विवाद मिलाएर आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ ।सर्वोच्चको निर्णयपछि हाम्रो पार्टी एकीकृत हुन्छ ।’

गौतमले पछिल्लो केन्द्रीय कमिटीको बैठकमा जाँदा अर्को पक्षले दु:खमनाउ गरेको सुनेको भन्दै आफू एमाले हो भन्ने प्रमाण पेश गर्न मात्र गएको बताए । ‘वामदेव केपीतिर गयो भनेर दु:ख मानेको भन्ने सुनें । म कतै गएको होइन, नेकपा एमाले भएको प्रमाण पेश गर्न गएको हो’, उनले भने ।