बामदेव हार्नुमा म पनि जिम्मेवार छु ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बामदेव हार्नुमा म पनि जिम्मेवार छु !



मोहन जङ्ग पौडेल /बर्दिया, नेपाल

बामदेव गाैतम हार्नुमा म पनि जिम्मेवार छु यसकाे मतलब मैले हराउ अभियान चलाएर हराए भन्न खाेजेकाे छैन ।

हैसियतले जनवर्गीय संघठन अन्तर्गत म युवा सङ्घ नेपालकाे बर्दिया क्षेत्र १ काे सचिव हु । निर्वाचनमा ठुलाे भूमिका युवाकाे रहन्छ । म लागे दिन रात तर जुन रूपमा युवा परिचालन हुनु पर्नि थियाे त्याे हुन सकेन । मैले भूमिका पाए तर मेराे मातहतका कमिटी र यश क्षेत्रका युवालाई परिचालन गर्न सकिन । किनकि कुनै जिम्मेवार र सर्कुलर मेराे माथिल्लो कमिटी र पार्टी कमिटीबाट आएन या आएर हामीले पाईएन । तर व्यक्तिगत रूपमा लाग केटा हाे । लाग युवा हाे, भन्नि मुखे आदेश आए तर युवालाई व्यवस्थापन र परिचालनका विषयमा कुनै त्यस्ता ठाेस कार्यक्रम र याेजना बनेन । सवाल जवाफ उठछन नेताकाे पछि हिडिस तैले कमाईस हाेला पैसा भनेर तर विशेषत यश चुनावमा पार्टी कमिटी बाहेक अरू युवा परिचालनलाई भनेर कुनै रकम आएन । अाएकाे भए जजसले पाए उनले खाए ।

हार बामदेव गाैतमकाे मात्र हैन कबिराम थारुकाे पनि भाछ गठबन्धनकाे हिसाबले मत उहालाई पनि अाएकाे छैन । उहाँ विजयी हुनु फरक पाटाे हाे ।
चुनाव हार्नुमा विभिन्न कारण हाेलान तर मैले महसुस गरेका:

– फराकिलो मतान्तर र बेवास्ता

२९ हजारकाे मतान्तर मुख्य हाे । फलानाे भड्कियाे उसले साथ नदेला जस्ताे छ भनेर भन्दा पार्टीका जिम्मेवार कमरेडहरुले नै केही हुन्न दुईचार वटा जाँदा भन्ने जवाफ अाउथियाे । चुनाव जिताउन भन्दा हराउन सजिलो हुन्छ ।

-मतदाता शिक्षा

आफ्ना मतदातालाई कतिकाे जागरुक र मतदानकाे लागि प्रशिक्षित गरिएको रहेछ भन्ने बदर मत सङ्ख्या र तिनमा हानिएकाे सूर्य र हरिया तारामा परेकाे स्वस्तिक छापबाट बुझ्न सकिन्छ ।

– उम्मेदवार प्रतिकाे असन्तुष्टि पनि हाे ।

नेपाली राजनीतिको कालखण्डमा विभिन्न भूमिका र पदमा पुग्दा हामी बर्दियालिलाई केही गरिएन भन्नि ठुलाे स्वर थियाे । र एकाेहाेराे रूपमा बर्दिया किन छाेडे भन्नि पनि चर्काे आवाज थियाे । उम्मेदवारी दर्ताकाे समयमै बागि तथा असन्तुष्ट कार्यकतालाई सम्बाेधन गर्न सकेकाे भए पक्कै नयाँ माहाेल अाउथियाे किनकि यश पटक बामदेव गाैतमलाई हैन हामीले बाम गठबन्धनलाई जिताउन पर्नि थियाे । विकास त सन्तकुमार थारुकाे क्षेत्रमा नि के भएकाे छ र तर उनले ह्याटि्रक सहित फराकिलो मतान्तारले विजयी भएका छन् ।

– कमजाेर चुनावी रणनीति र परिचालन

उम्मेदवारले मात्र चुनाव जितिन्छ भन्नि म मान्दिन । सङ्गठन बलियाे भयाे भने माहाेल बन्दै जान्छ र स्वतः परिचालन बढ्दै जान्छ । संयुक्त बैठकमै बढी भन्दा बढी समय खर्चेकाे पार्टी कमिटीले बचेको समयमा ती कमिटीलाई परिचालन गर्न नसक्नु अर्काे कमजोरी हाे ।

-गठबन्धनकाे सन्देश र समायोजन

सम्भवत यश क्षेत्रमा मात्रै हाेला हामी एक हुदैछाै र हुनु पर्छ र याे समायोजनमा हाम्राे उम्मेदवार सुत्रधार हुनुहुन्छ भनेर सुने नि पहिले देखिकाे तिक्तता रहिरहनु नि हाे । जुन कुरा अरू क्षेत्रकाे मत पपरिणामले बताउछ । मै हु भन्ने वरिष्ठ नेताकाे वडाबाट नि भाेट आउन नसक्नुले नि बताउछ छ कि समायोजन र एकता कति भएकाे रहेछ भनेर ।

-भाेलिकाे राजनीतिक भविष्य

यश क्षेत्रका नेतामा भाेलि हामीले कुन स्थान पाउने र स्थान पाई सकेकाले कुन हैसियतले बस्नि भन्नि ठुलाे चिन्ता छ । क. बामदेव गाैतम आफ्नी श्रीमती क. तुल्सि थापालाई समानुपातिकमा उम्मेदवार बनाउदा एक किसिमकाे तरङ्ग सृजना भएकाे थियाे । उहाँ श्रीमती मात्र नभएर याे आन्दोलन कि सहयात्रि र अनेम सङ्घ कि नेतृ पनि हुनुहुन्थ्यो । याे हिसाबले भाेलिका दिनमा उहाँले अाफ्नाे छाेरालाई स्थापित गरेर हामीलाई विस्थापित गर्नुहुन्छ भन्ने ठुलाे भ्रम र शङ्का पैदा भएकाे थियाे ।

-भावी प्रधानमन्त्री

क. बामदेव गाैतम भावी प्रधानमन्त्रिकाे दाबेदारकाे रूपमा रहेकाे र उहाँले यहाँको कार्यक्रममा उद्घाेष पनि गर्नु भएकाे थियाे । जसले भाेलिका दिनमा राष्ट्रिय राजनीतिमा ठुलाे खैलाबैला मच्चाउन सम्भावना थियाे त्यस कारण पनि उहालाई हराउन खाेजिएकाे कुरा नयाँ पत्रिकाले पनि प्रकाशन गरेकाे छ ।

बामदेव गाैतम प्रति अन्तुष्टि हुनु जायज हाेला तर सञ्जय गाैतम विकल्प राेज्नु यहाँका बाम गठबन्धनका समर्थक र कार्यकर्ताकाे ठुला कमजाेरि हाे । हार्दिक बधाई निर्वाचित प्रतिनिधि सभा सदस्य सञ्जय गाैतम ज्यु,, हजुरकाे विकाश नि हेरियाे गुलरिया अनि बारबर्दियामा,,,, अब त्यस्ताे नहाेस नत्र जनता यिनै हुन ।

हेरुम देश भर बामकाे लहर र बामगठबन्धनकाे सरकार बन्नि लगभग पक्कापक्कि देखिन्छ हारेर नि गृहमन्त्री बन्न सक्नि हैसियतकाे नेताले हारेर नि बाम सरकार बनेपछि बर्दियाकाे विकासमा अतुलनीय भूमिका खेल्नुहुनेछ र समृद्ध बर्दियाको यात्रामा सहयात्रि बनी अन्तरघातिलाई पछुताउने पार्नु हुनेछ ।त्याे कुरा भाेलिका दिनले बताउने छ ।

अन्तय्यमा सबैलाई धन्यवाद, भाेट दिने नदिने सबै मतदातालाई