वामदेव र कुलमान मन्त्रिपरिषद्को एजेण्डाबाट 'आउट' - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

वामदेव र कुलमान मन्त्रिपरिषद्को एजेण्डाबाट ‘आउट’



काठमाडौं- सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकबारे अहिले विभिन्न अड्कल काटिएका छन् ।

कसैले बामदेवको बारे निर्णय हुने आंकलन गरेका चाहन भने कसैले विद्युत प्राधिकरणका प्रमुख कार्यकारीमा कुलमानको पुनः नियुक्ति हुनेबारे अड्कल गरिरहेका छन् भने कतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति हुने चर्चा गरिरहेका छन् ।

अत्यन्तै चासोको रूपमा हेरिएको आजको मन्त्रिपरिषद्को बैठकमा वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने र कुलमानलाई पुनः नियुक्ति गर्ने प्रस्ताव नै कर्यसूचीमै छैनन् ।

मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचीमा कुलमान नियुक्तिको एजेन्डा नपरेको एक मन्त्रीले बताए । कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राती सकिएको छ भने उनलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच सहमति भैसकेको बताइएको थियो।

राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमा जानकारी दिएका थिए। वामदेवलाई सिफारिश गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकमा आउने अनुमान गरिए पनि त्यो एजेण्डा पनि परेको छैन।

आजको मन्त्रीपरिषद बैठकको एजेण्डा सूचीमा वामदेव र कुलमान दुवैको नियुक्तिको विषय नभएको एक मन्त्रीले बताएका छन् । आजको बैठकले सरकारको प्रवक्ता तोक्ने लगायत महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।