दुई महिनापछि प्रचण्ड निवास छिरे वामदेव
काठमाडौं- नेकपाको एकता अभियान चलाएका र अहिले सम्म कुनै पनि गुटमा नखुलेका पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन्।
उनी केही बेरअघि खुमलटार पुगेका हुन्। अहिले उनिहरूबीच छल्फल चलिरहेको बताइएको छ ।
प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै गौतम कुनै पनि गुटमा खुलेनन्।
गत मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।