बामदेव गौतम सन्किएपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बामदेव गौतम सन्किएपछि…



नेकपाका नेता वामदेव गौतमले आफूमाथि पार्टीभित्रैबाट आक्रमण भएको गुनासो गरेका छन्।

प्रधानमन्त्री निवासमा आइतबार बसेको नेकपा सचिवालय बैठकमा नेता गौतमले संस्थागत विधि, प्रक्रियाअनुसार नै रामवीर मानन्धर र आफ्नो उम्मेदवारीको विषयले बैठकमा प्रवेश पाए पनि पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण परिस्थिति अनुकूल बन्न नसकेको धारणा राखेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

आफू र पार्टीले संस्थागत धारणा नवनाउँदै सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध नेताहरुबाटै कुप्रचार गरिएको भन्दै उनले यसले पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीलाई फाइदा पु¥याउने काम गरेको भन्दै असन्तुष्टि जनाएका थिए।