वामदेव गौतमलाई १२ सय गाली एकसाथ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

वामदेव गौतमलाई १२ सय गाली एकसाथ



काठमाण्डु–७ बाट निर्वा्चित सांसद रामवीर मानन्धरले राजीनामा दिएको घोषणा गरेपछि मंगलबार राति ११ बजे वामदेव गौतमले सामाजिक सञ्जाल आफ्नो फेसबुकमा लेखेका छन्ः

‘नतमस्तक छु कमरेड रामवीर मानन्धर ,
तपाईंले आज पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवै सिपाही हौँ । भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईंले गरेको त्यागप्रति आँच आउन दिने छैन । पार्टीको गरिमा उचो राख्न र तपाईंले मप्रति देखाउनुभएको विश्वास कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधैँ सँगै रहनेछौँ ।’

वामदेव गौतमको यो स्ट्याटस पढेर बुधबार दिउँसो १ बजेसम्ममा १२ सयको हाराहारीमा कमेन्ट आएका छन् । अधिकांश कमेन्टमा गौतमले पुनर्विचार गर्नु पर्ने सुझाव दिइएको छ । यो स्ट्याटस २ सय ६२ शेयर भएको छ । गौतमको फ्यान पेजमा ९१ हजार फलोअर रहेका छन् ।