बामदेवलाई फकाउन भैंसेपाटी पुगे प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

बामदेवलाई फकाउन भैंसेपाटी पुगे प्रधानमन्त्री ओली



काठमाडौं- नेकपाका नेता बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास पुगेका छन् । राष्ट्रिय एकता अभियान बनाएर छुट्टै हिँडिरहेका वामदेव गौतमलाई भेट्न शुक्रबार गौतम निवास भैंसेपाटी पुगेका हुन्।

शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको बामदेव निकट एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओली आफू निकट नेताहरुलाई समेत साथमा लिएर गौतम निवास पुगेको गौतमको सचिवालयले जनाएको छ।

तर दुई नेताहरुबीच के कुरा भयो भन्ने विषयमा भने विस्तृत जानकारी दिइएको छैन।

नेकपा दुई समूहमा विभाजन भएपछि गौतम कुनै पनि समूहमा नलागी आफ्नै छुट्टै समूहमा बनाएर सक्रिय छन्। आइतबार प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्।