बामदेवले भने: चुनाव जित्न एक अर्ब खर्च गर्न तयार छु ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बामदेवले भने: चुनाव जित्न एक अर्ब खर्च गर्न तयार छु !



सोमबार बिहानसम्म मानन्धरले पद छाड्नुपर्ने कुनै सुइँको पाएका थिएनन्। बिहान पौने १२ बजे शीर्ष नेताले छलफल गर्न भन्दै बोलाए। त्यहीँ राजीनामाबारे कुरा भयो।

गौतमले प्रतिनिधिसभा सदस्य बन्न इच्छा देखाएपछि आफूसम्म प्रस्ताव आउन सक्ने अनुमान उनले ६ महिनाअघि नै लगाएका थिए। तर औपचारिक कुराकानी सोमबार बिहान मात्रै भयो। उनले स्थानीय तहमा कांग्रेसले धेरै स्थानमा जितेको, महानगरले जनअपेक्षाअनुसार काम गर्न नसकेको कारण जित्न सजिलो नहुने बताएका थिए।

गौतमले उल्टै प्रश्न गरेका थिए, ‘जित्नका लागि कति खर्च गर्नुपर्ने हो ? एक अर्ब चाहिन्छ ? त्यति भए जितिँदैन ? ’ खर्चका लागि गौतम तयार रहेको पनि उनले स्थानीय प्रतिनिधिलाई सुनाए। अन्नपूर्ण पोस्टबाट ।