वामदेव गौतम भन्छन: मेरो चरित्रहत्या भयो - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

वामदेव गौतम भन्छन: मेरो चरित्रहत्या भयो



काठमाडौं- प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड-माधव नेपाल र केपी शर्मा ओलीको समूह भन्दा छुट्टै समूह बनाएर बसेका वामदेम गौतमले आफू सरकारमा जान लागेको हल्ला सहि नभएको बताएका छन्।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौतमले आफू गृहमन्त्री बन्ने भन्ने खबर गलत, भ्रामक र दूराशययुक्त भएको बताएका हुन।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको उप तथा गृहमन्त्री बन्न गौतमलाई प्रस्ताव गरेका खबर बाहिरिएका थिए। संयोजक गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्नस्वरुप यसप्रकारको हल्ला चलाइएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले त्यस्ता खबरप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जादैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएका छन्’, गौतमले लेखेका छन्, ‘मेरा सबै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन् हार्दिक अनुरोध गर्दछु।’