वामदेव गौतमले माधव नेपालसँग राखे चार सर्त
काठमाडौं- अस्थिर बनेको आरोप लागिरहेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नयाँ सर्त राखेको खुलेको छ । एमाले छोडेर एकीकृत समाजवादीमा जाने चर्चा चलिरहेका बेला गौतमले नयाँ सर्त राखेको खुलेको हो ।
बिहिबार नेता नेपाल र गौतमबीच भएको भेटवार्तामा गौतमले संघीयता परिमार्जनको सर्त राखेको बताइएको छ । यसअघि गौतमले जबज स्विकार गर्नुपर्ने सर्त राखेका थिए । गौतमले आफ्ना केही माग पूरा गरेको खण्डमा मात्र नेपाललाई साथ दिने बताएका थिए ।
यस अलावा गौतमले कार्यकारी राष्ट्रपतिको एजेण्डा उठाउनुपर्ने सर्त पनि उनले राखेको बताइएको छ ।
कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।
राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए ।अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिएको बताइएको छ ।
भेटमा नेपालले जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए ।
एमालेबाट अलग भएपछि उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् ।