बामदेवले सुनाए आफु बेरोजगार भएको खबर - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

बामदेवले सुनाए आफु बेरोजगार भएको खबर



भरतपुर, चैत २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले पार्टीमा आफूले एक वर्षदेखि कुनै पनि भूमिका नपाएको गुनासो गरेका छन्।

चितवनको भण्डारामा आयोजित स्वर्गीय नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै गौतमले एक वर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको गुनासो गरेका हुन्। उनले भने,‘एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन। म पार्टीभित्र बेरोजगार भएको छु।’

गौतमले पार्टी एकता भएको एक वर्ष पुग्न लाग्दासमेत तल्लो तहसम्म संगठनात्मक एकता हुन ढिलाइ भइरहेको बताए। तत्काल पार्टी एकतालाई पूर्णता दिनु पर्ने उनको जोड छ।

फरक प्रसंगमा गौतमले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको पनि बताए। ‘जनताले जुन अपेक्षा यो सरकारबाट गरिरहेका छन्। त्यो अपेक्षा पुरा गर्न सरकारले काम गर्न सकेको छैन,’ उनले भने। उनले दुई तिहाई बहुमतको सरकार भएपनि सबै दललाई मिलाएर मुलुकलाई समृद्धिको बाटोमा लैजानु पर्ने बताए।