एमाले निकट युवा संघका केन्द्रीय सदस्य पक्राउ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

एमाले निकट युवा संघका केन्द्रीय सदस्य पक्राउ



काठमाडौं–ठमेलस्थित एक दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।

पक्राउ परेका बमविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए।

बमले एक दोहोरी साँझकी गायिकामाथि हातपात गरेको आरोप लागेको छ । सिसी टिभी फुटेजा समेत बमले महिलामाथि हातपात गरेको देखिएको प्रहरीको भनाइ छ।

राति दोहोरी साँझ बन्द हुने बेलामा समेत बमले गीत गाउन लगाएको नमान्दा विवाद भएपछि बमले हातपात गरेको पाइएको छ।