विप्लव समूहका पोलिटब्युरो सदस्य बम पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

विप्लव समूहका पोलिटब्युरो सदस्य बम पक्राउ



काठमाडाैँ। नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम पक्राउ परेका छन् । उनलाई बुधबार नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाले यसअघि विप्लव नेकपाका मध्य कमान्डर तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदशर्न’लाई काभ्रेबाट पक्राउ गरेको थियो ।

बम सुदर्शनपछि पक्राउ पर्ने विप्लव नेकपाका दोस्रो ठूला नेता हुन् ।