बन्दको पूर्वसन्ध्यामा पोखरामा बमको त्रास - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

बन्दको पूर्वसन्ध्यामा पोखरामा बमको त्रास



पोखरा । बन्दको पूर्वसन्ध्यामा पोखरामा बमको त्रास फैलिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको अघिल्लो दिन पोखराको सिद्धार्थचोकमा फैलिएको छ ।

दिउसो ४ बजे पोखराको तरकारी र फलफुल बजार सञ्चालन गरेको फेवा एग्रिकल्चरको नजिकै पाईपमा घडी जडित शंकास्पद वस्तु भेटिएको थियो ।

पोखरा महानगरपालिका ८ स्थित उक्त मन्डीमा तरकारी र फलफूलको गरी एक सयवटा सटर छन् । भिडभाड बढेको बेलामा एक्कासी बमको राखिएको हल्ला फैलिएको थियो ।

मन्डीको पार्किङ स्थलमा स्थानीय व्यापारीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खरिदबिक्री हुने समयमा अहिले मन्डीका सबै पसलहरु बन्द छन् । ठूलो संख्यामा भिड बाहिर जम्मा भएको छ ।उक्त शंकास्पद वस्तुसँगै नेकपा कास्की लेखिएको पर्चासमेत भेटिएको छ ।