वाम गठबन्धनलाई दाङमा तनाव, अब महरा कि पोखरेल? - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

वाम गठबन्धनलाई दाङमा तनाव, अब महरा कि पोखरेल?



असोज २४, /दाङ 

संविधानसभाको पहिलो निर्वाचनमा दाङमा विजयीमाला पहिरिएर दोस्रो निर्वाचनमा रोल्पा उक्लिएका माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा निर्वाचनका लागि पुन: दाङ ओर्लिने मनस्थितिमा छन्।

त्यो पनि आफ्नो पुरानै निर्वाचन क्षेत्र साबिकको ३ र अहिलेको २। माओवादीले महराको नाम पहिलो नम्बरमै सिफारिस गर्‍यो। महराको दाङबाट चुनाव लड्ने योजनाले एमाले नेता शंकर पोखरेलको सहज जित निकाल्ने आत्मविश्वासमा केही चुनौती थपियो। यस क्षेत्रमा पोखरेल उम्मेदवार बन्ने निश्चित भइसकेको थियो। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी नेता महरा र एमाले नेता पोखरेल कसले टिकट पाउने भन्ने बहस तातेको छ।

महराले ताकेकै २ नम्बर निर्वाचन क्षेत्रलाई आफ्नो चुनावी क्षेत्र बन्ने विश्वासमा रहेका एमाले नेता शंकर पोख्रेल त यो निर्वाचन क्षेत्र नपाए अन्यत्रबाट चुनावै नलड्ने मनस्थितिमा पुगेको एमाले नेताहरु बताउँछन्।नागरिक दैनिक