वाम गठबन्धनद्वारा देउवाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार परिवर्तन गर्ने रणनीति ! - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

वाम गठबन्धनद्वारा देउवाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार परिवर्तन गर्ने रणनीति !



९ कात्तिक, काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विहिबार दुईवटा कार्यक्रममा एउटै कुरा दोहो¥याए । दाहालले भने, ‘निर्वाचन प्रक्रिया सुरु भएका कारण संसद भंग भएको हो । निर्वाचन नै हुन नसक्ने अवस्था आयोग संसद स्वत आउनेछ । अदालतले पनि यो परिस्थिति बुझ्नुपर्छ ।’

तोकिएको मितिमा निर्वाचन हुन नसके त्यसको अवजस प्रधानमन्त्री शेरबहादुर देउवाले लिनुपर्ने निश्चित छ । यही कुरालाई संकेत गरेर दाहालले देउवालाई घुमाउरो भाषामा चेतावनी दिएका हुन् । यदी दाहालले भनेजस्तो संसद व्युतियो भने संसदले गर्ने सबै काम हुने छ । त्यही बेला वाम गठबन्धनले प्रधानमन्त्री देउवाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार परिवर्तन गर्ने रणनीति दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको आशंका गरिएको छ ।

अध्यक्ष दाहालले निर्वाचन प्रक्रिया भाँडिएर गतिरोधको अवस्था सृजना भएमा व्यवस्थापिका–संसद स्वतः पुनः स्थापित हुने दाबी गरिरहँदा वाम गठबन्धनले गरेको संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने चुनाव सार्ने कुरा सम्भव नभएको बताइरहेका थिए । गठबन्धनभित्रका दुई प्रमुख नेताहरुले दुईथरी कुरा गर्नुलाई पनि रणनीतिको रुपमा लिइएको छ ।

वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दाबी गरिरहँदा त्यो निकै कठिन भएकाले देउवालाई हटाएर आफुहरुले नै सरकार चलाउने र चुनाव गराएर दुई तिहाई बहुमत ल्याउने योजना वाम गठबन्धनको छ ।प्रत्यक्ष चुनावको बेग्लै मतपत्र छाप्ने सम्बन्धमा के कस्तो प्रगति भएको छ भनी बुधवार सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।

रिपोर्टस नेपालबाट