वाम एकताबाट बाहिरिएर भट्टराईले गम्भिर गल्ति गरे... - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

वाम एकताबाट बाहिरिएर भट्टराईले गम्भिर गल्ति गरे…



काठमाडौं/कात्तिक ८ 

वाम धुव्रिकरण एकीकरण केन्द्रीय संयोजन समितिका संयोजक ठाकुरप्रासद चापागाँईले वाम एकताबाट बाहिरिएर डा.बाबुराम भट्टराईले गम्भिर गल्ति गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा संयोजन समितिले बुधबार पत्रकार सम्मेलन गरेर डा. भट्टराईलाई वाम एकतामै बस्नको लागि आग्रह गरेको हो ।  गत असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिबीच पार्टी एकता सम्बन्धि गरिएको सम्झौताको मसि नसुक्दै बाबुराम भट्टराई बाहिनु मुलुक र जनताको हित विपरित काम भएको बताउदै संयोजक चापागाईले डा. भट्टराईलाई वाम एकतामै बस्न आग्रह गरेका छन् ।

वाम एकताले समाजवाद ल्याउनको लागि अहम भूमिका खेल्ने दाबी गर्दै संयोजक चापागाँईले भने,‘एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति लगायत सबै वाम राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्छ, यो आजको आवश्यकता हो, दक्षिणपन्थिसँग टाँसिएर एउटा दुई वटा सिटको बार्गेनिङ गरेर डा.साहाब बाहिरिनुभयो, उहाँले गल्ति गर्नुभयो।’

उनले अघि थपे,‘७० वर्षको ईतिहाँसमा यो वाम एकताको गृहकार्य अघि बढ्दैछ, यस्तो अवस्थामा बाबुराम बाहिरिनु बिडम्बना हो, बच्चापनको राजनीति गर्नु उहाँले सुहाउँदैन, बिचार मिल्नेसँग प्राविधिक कुराहरु पनि मिल्छन्, काँग्रेससँग केही कुरा नै मिल्दैन, परम्परागत तरिकाले समाजवाद प्राप्त हुँदैन।’

वाम एकताबाट काँग्रेसलाई नडराउने आग्रह गर्दै संयोजक चापागाईले भने,‘लोकतान्त्रिक माध्यायमबाट हामीले मुलुक र जनताको हित हुने काम गर्ने हो, वाम एकताले एकतन्त्रिय कम्युनिष्ट शासन लागु गर्छ नकी भनेर काँग्रेसले डर मानिरहेको छ, विपीको समाजवादलाई छोडेर व्यक्तिगत रुपमा पार्टी चलाउने अनि वाम एकता हुँदा डराउने यस्तो पनि हुन्छ ? काँग्रेसले नडराए हुन्छ।’

जनता र मुलुुकको हितको लागि वाम गठबन्धन आवश्यक रहेको निश्कर्षमा पुगेको भन्दै आफुहरुले वाम एकतालाई मजबुद बनाउने र एकताको धारमा बाँध्ने काममा हदैसम्मको प्रयास गर्ने एकीकरण केन्द्रिय संयोजन समितिले जानकारी दिएको छ ।