वाम एकताको पक्षमा खुले झलनाथ खनाल - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

वाम एकताको पक्षमा खुले झलनाथ खनाल



काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल वाम एकताको पक्षमा खुलेका छन् । अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उनको भनाइ छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मूल नेताहरुले नै वामपन्थी एकताको आवश्यकता बुझ्न नसकेको गुनासो गरे ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन्’ उनले भने, ‘त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’