वाम एकता जनताको साझा सम्पति हो :प्रचण्ड - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

वाम एकता जनताको साझा सम्पति हो :प्रचण्ड



रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताउनुभएको छ ।

रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताउनुभयो ।

पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै अध्यक्षले भन्नुभयो, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने विषयमा मदन भण्डारीसँग जेठको ६–७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पूरा गर्न सबैको कर्तव्य भएको उहाँको धारणा थियो ।