बाम एकता तासको महल जस्तै हावा आउँना साथ तहस नहस हुने। - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बाम एकता तासको महल जस्तै हावा आउँना साथ तहस नहस हुने।



कर्ण अधिकारी।

चलचित्रको दुनियाँमा सुपर हिट भएको सिनेमाले चलचित्रको दुनियाँ तताए झैँ २/४ दिन देखि नेपालको राजनीतिको दुनियाँमा बाम एकताले राजनीति तताई रहेको छ।नेता देखि कार्यकर्ता हुँदै मतदानमा भाग लिने मतदाताहरूले आआफ्नै तवरबाट विश्लेषण गरी रहेका छन्।कसैले माके एमालेको चुनाव भाड्ने रणनीति हो भनी रहेका छन् भने कतिले यिनीहरूको एकतालाई सकरात्मक तवरबाट अवलोकन गरी रहेका छन् खैर ज जसले जे जे भने पनि मेरो तर्फबाट यिनीहरूको सम्बन्ध सुमधुर होस भन्न चाहन्छु।

असोज सत्र गते भएको बाम एकता सहमति पत्रमा केपी ओली,बाबुराम र प्रचण्डले संयुक्त रूपमा हस्ताक्षर गरे पश्चात् माओवादी र एमालेका असन्तुष्ट पक्षहरूले सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरूमा आफ्ना अभिव्यक्तिहरू दिन थाली सकेका छन्।गोपाल किराँतीले त माओवादीलाई प्रचण्डले त्रिशूली नदीमा बिसर्जन गरी सके भन्दै छन्।

विगतमा माओवादीसँग वैचारिक युद्ध लड्दै माओवादी त्यागेका बाबुराम नयाँ शक्ति खोलेर न यता न उता भई रहेको अवस्थामा बाम एकतामा गासिदा आफ्नो राजनीति छवि अझै भनौ कम्युनिस्टको धङधङीलाई सजीवता दिन पाउँने र ३% थ्रेस होल्डको डरबाट पनि बचिने आसमा दूधको साक्षी बिरालो भने झैँ विगतमा प्रचण्ड र केपी ओली विरुद्ध दिएका अभिव्यक्तिलाई भुल सुधार गरी पाउँ भन्ने हातमा हात काधमा काध मिलाउन आई पुग्नुमा आफूलाई गौरवबान्बित ठानी रहेका छन्।

कमरेड प्रचण्डको त कुरै नगरौ उहाँले त आफू पनि सकिने भए र माओवादी केन्द्रलाई पनि एमालेमा बिलय गराउने भए।यिनलाई देश र जनताको भन्दा पनि पद र कुर्चीकै मोहमा लटपटिन तिर उन्मुख छन्।कहिले नेपाली काँग्रेस त कहिले एमाले सँग सत्ता साझेदारी गर्दै अगाडी बढेका यिनी आखिर उखान टुक्काका धनी कमरेड केपी ओलीको चक्र ब्यूमा फस्दै छन्।माओवादी भने पछि एउटा आँखाले पनि देख्न नरूचाउने यिनी दक्षिण पन्थीहरूको ठुलो रणनीति पश्चात् बाम एकता गर्न सफल भएका छन्।

नेपालका राजनीति बृतमा धमिलो पानीमा माछा मार्ने प्रवृति बोकेका जमात धेरै छन्।यहाँ देश र जनताको भन्दा पनि पार्टी र सङ्गठनको चिन्ता बढी लिन्छन।पार्टीका नाममा विभिन्न नारा दिएर पार्टीलाई मागि खाने भाडो बनाई रहेका छन्।अहिले नयाँ शक्ति,माओवादी केन्द्र र नेकपा एमाले बिच भएको बाम एकता पार्टीगत स्वार्थका लागि एकीकृत हुन लागेको ठम्याई छ।

१०४ बर्से जहानीया राणा शासन,३० बर्से पंञ्चायति व्यवस्था र राजतन्त्रको अन्त्यका लागि लडेको काँग्रेसलाई कसरी नेपालको राजनीतिमा पछाडि पार्न सकिन्छ भन्दै मोर्चा बन्दी गरी रहेका छन्।जसरी कम्युनिस्टहरू एक हुँदै छन् त्यसरी नै प्रजातन्त्र र लोकतन्त्रमा विश्वास राख्ने लोकतान्त्रिक धारहरूको पनि मोर्चाबन्दी सुरु हुँदैछ।बाम एकतालाई शुभकामना तर तिमीहरूको एकता एकतामा कायम होस ताकी हावा आउँना साथ जगै देखि उखेलिने तासको महल नहोस तर मलाई त यिनीहरूको सम्बन्ध तासको महल जस्तै लागेको छ कसले के कुरा कानमा फुकि दिन्छ अनि एकै झोकामा तहस नहस हुनेछ।