बालविवाह अन्त्यका साथै लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम घोडाघोडी- ७ मा सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बालविवाह अन्त्यका साथै लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम घोडाघोडी- ७ मा सम्पन्न



हिमााल पोस्ट / सुखड  ।
स्थानिय स्तरमा बालविबाह अन्त्यका साथै लैङ्गिक हिन्सा न्युनिकरणका लागि सरोकारवालाहरु सङ्गको अन्तरक्रिया कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका वडा नं ७ मा शुक्रबार सम्पन्न भएको छ ।

“नेपाली जुटौ बाल बिबाह रोकौ” भन्ने नारा सहित सामाजिक बिकासका लागि सचेत समाज धनगढीको आयोजनामा सम्बन्धित गाउपालिका, नगरपालिका बाल संरक्षण समिती तथा स्थानिय सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक बिकासका लागि सचेत समाज धनगढीका कार्यक्रम सहजकर्ता रोहित कठायतले बालबिबाह घोडाघोडि नगरपालिकाबाट अन्त्य गर्ने कार्यक्रमको लक्ष्य रहेको जानकारी दिए ।  अन्तरक्रियामा बालबिबाह के हो ? बाल बिबाहका समस्या,समाधानका उपाय के हुन ? लैङ्गीक हिंसा के हो ? भन्ने बारे छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिती दरख उच्च मा. बि. हरिनगरका प्राचार्य कलाधर सापकोटाले ‘भने सामाजिक रितिरिवाज, परम्परा, र सोचको बिकास भैरहेको छ , अभिभाबकहरु आफै पनि यसमा जिम्मेवार छन । उनि भन्छन, आकर्षण हेरेर गरिएको बिबाह बाल बिबाह हो । उनले नगरपालिकाबाट अभिभावक शिक्षा हुनुपर्ने बताए ।

लैंगिक हिंसा बारे बोल्दै उनले भने,जन्मबाटै लैंगिक बिबेध छ ,छोराछोरी एउटै हुन भन्ने सोच जब सम्म आउदैन तब सम्म यो लैंगिक हिंसा भइरहन्छ । केही संघ संंस्थाले गरेका कामले केही रूपमा हिंंसा कम भइरहेको बताउदै उनले भने लक्ष्य अनुरुप भने हुन सकेको छैन ।’

सहभागि शिक्षक कृष्ण प्रसाद बोहोराले ‘बालविबाहले गर्दा नै समाज पछाडी परिरहेको बताए ।’ उनले भने, ‘कुनै पनि कार्यक्रममा सहभागी हुदा हामी सबै बोलिरहेका हुन्छौ तर घरमा गएर यो कुरालाइ हामी लागू गर्दैनौ ।’ लैङ्गिक हिंसामा हामी आफै लागेका हुन्छौ,उनी भन्छ्न ‘महिला र पुरुष समान हुन भन्ने कुरा हामिले नै बुझ्नुपर्छ ।’

कार्यक्रममा सहभागी समाजसेबी हरिराम चौधरिल भने बालविबाह एक समाजिक परम्परा हो, हामी एक अर्कालाइ भन्छौ तर हामिले आफै बाट सुरुवात गर्नुपर्छ । इन्टरनेटको माध्यमबाट पनि यी समस्या उत्पन्न भइरहेको हुन्छ । वल्र्ड भिजनले सहयोग गरेको कार्यक्रम पार्बती तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो ।