वालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच वार्ता जारी
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल र अर्का बरिष्ठ नेता माधव नेपाल पनि सामेल भएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा तीन नेताहरु बीच छलफल सुरु भएको अध्यक्ष दाहाललका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री निवास वालुवाटारमा ओली, दाहाल र नेपालबीच छलफल सुरु भएको हो ।
बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले नेता नेपालसहित छलफलमा जुट्न आग्रह गरेपछि वालुवाटारबाट नेता नेपाललाई छलफलका लागि खवर गरिएको बताइएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा मागेपछि नेकपाभित्रको अन्तरद्धन्द्ध ह्वात्तै बढेर गएको हो ।
ओली विरुद्ध अर्का अध्यक्ष दाहालसहित, नेता नेपाल, अर्का नेता झलनाथ खनालसहितको टोली सक्रिय भएपछि नेकपाको स्थायी समिति बैठकसमेत पटक पटक स्थगित हुन पुगेको छ ।