कोरोनाले हल्लायो बालुवाटार: प्रधानमन्त्रीको सचिवालयमा ब्यापक संक्रमण - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

कोरोनाले हल्लायो बालुवाटार: प्रधानमन्त्रीको सचिवालयमा ब्यापक संक्रमण



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो।

उनीहरूको अवस्थामा सामान्य भएको बताइएको छ। सबैजना होम आइसोलेसनमा बसेको बताइएको छ । तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा संक्रमण देखिएको छ भने अन्यको खबर आउन बाँकी छ।

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो।

‘केही सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। सबैलाई व्यक्तिगत रुपमा जानकारी आएकाले यति नै भन्ने यकिन छैन’, सचिवालयका एक सदस्यले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार पीसीआर परीक्षण गरिएको छैन। बेलाबेलामा प्रधानमन्त्रीको पनि कोरोना परीक्षण हुने गरेको छ। तर शुक्रबार भने भएको छैन ।