गठबन्धनको बैठकमा खास के भयो ? कुन नेताले के भने ? - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

गठबन्धनको बैठकमा खास के भयो ? कुन नेताले के भने ?



काठमाडौं । एसीसीबारे छलफल गर्न बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । गठबन्धनका सबै दलले आआफ्नो अडान यथावत राखेपछि बैठक निष्कर्षविहीन बनेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

“पास भए पनि हुन्छ फेल भए पनि हुन्छ, यति धेरै गिजोलियो बाहिर । जसरी भए पनि भोलिको बैठकमा टेबल गरौँ,” देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

जवाफमा माओवादी केन्द्रका नेताहरूले पहिले संसद् विना अवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ ।

त्यतिमात्र होइन माओवादीले सबैभन्दा पहिला एमसीसीमा रहेका प्रावधानहरूका बारेमा स्पष्ट पारिनुपर्ने अनि मात्रै पारितको कुरा आउने बताएका थियो ।

एक नेताका अनुसार एमसीसीमा प्रावधान पनि जोडिएको हुनाले यसमा पनि छलफल नपुगेको धारणा पार्टीको थियो । यही कारण एमसीसीको औचित्यमाथि नै प्रश्न उठेको माओवादीका नेताले बताएका थिए ।

एकीकृत समाजवादीले भने शनिबारसम्म कुर्न आग्रह गरेको छ । एकीकृत समाजवादीले शनिबार पार्टीको बैठक डाकिएको र त्यतिबेलासम्म कुर्न आग्रह गरेको ती नेता बताए ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान १० बजे फेरि बस्ने छ ।