बालुवाटारको पुल मर्मत कार्य तिब्र
ओम प्रकाश बानियाँ / बराहक्षेत्र ५ ।।
स्थानीय निकायको चुनाव सकिए संगै बराहक्षेत्र नगरपालिकाको हरेक वडाको हरेक क्षेत्रमा विकासको लहर अघि बढेको देख्न सकिन्छ ।
२० वर्ष पछी भएको स्थानीय निकायको चुनावले सामाजिक, आर्थिक, राजनीतिक परिवर्तन हुँदै गएको समाजका बुद्धिजीवी हरु बताउछन् ।
अहिले हरेक वडामा बाटो, कुल-कुलेसो, मठमन्दिर, चर्च, गुम्बा, मस्जिद आदि बनेको प्रसस्त देख्न सकिन्छ । यस्तै बराहक्षेत्र नगरपालिका वडा न. ५ मा पनि विकासको लहर तिब्र रूपमा अगाडि बढी रहेको छ । यस संगै वडा न. ५ को बालुवाटारमा पनि नगरपालिका तर्फबाट १ लाख र वडा कार्यलयको तर्फबाट १ लाख रकम दिए संगै कल्भट मर्मत कार्य सन्चालन भएको कुरा मर्मत समितिका अध्यक्ष नवीन कोईरालाले बताउनु भयो । कोइरालाको चाहना आफ्नो गाउँको बाटो चौडा पारेर दुबै पट्टीको पैनीमा ड्रेन लगाउने समेत बताउछन् ।
स्थानीय बासीहरुको सक्रियतामा मर्मत कार्य अगाडि बढी रहेको कुरा मर्मत समितिका सचीव श्री कुमार पान्डेले बताउनु भयो ।
आफ्नो कार्यकालमा विकासको लहर हरेक वडामा पुर्याउने चाहना रहेको वडा अध्यक्ष राजु अधिकारी बताउनु हुन्छ ।