सकियो बालुवाटारको ओलीनिकट भेला: प्रधानमन्त्रीले मागे यस्तो साथ् - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सकियो बालुवाटारको ओलीनिकट भेला: प्रधानमन्त्रीले मागे यस्तो साथ्



काठमाडौं- जारी स्थायी कमिटि बैठकमा आफ्नै पार्टीका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिन चर्को दवाव दिएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमाआफू निकट नेताहरूको भेला बोलाएर छलफल गरेका छन् ।

संकटमा चुलिएका बेला प्रधानमन्त्री ओलीले बुधबार बिहान आफूनिकट मन्त्री तथा सांसदसँग सरकारी निवास बालुवाटारमा गरेको छलफल केहीबेरअघि सकिएको छ। छलफलमा की मन्त्रीको कार्यशैलीको कारण आफू पनि अफ्ठ्यारोमा परेको उनले गुनासो गरेका छन् ।

देश र राजनीतिमा संकटको घडी आएको बताएका ओलीलाई सहभागीहरूले नयाँ सिराबाट अघि बढ्न आग्रह गरेको बुझिएको छ । छलफलमा सहभागीले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी चलाउन र अघि बढ्न आफूहरूले साथ् दिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेको परिस्थितिमा पार्टी र देश दुवै गम्भीर संकटमा भएकाले आफूले छुट्टै केहि कदम छल्न सक्ने संकेत गरेका छन् । एक सहभागीका अनुसार छुट्टै तरिकाले सोच्न र अब चाल्ने कदममा आफूलाई साथ् दिन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।