कोरोना नियन्त्रणका लागि बालुवाटारमा बैठक: सरकारको यस्तो छ तयारी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कोरोना नियन्त्रणका लागि बालुवाटारमा बैठक: सरकारको यस्तो छ तयारी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सम्पूर्ण क्षेत्रबाट उच्च सतर्कता अपनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले १६ फागुनमा बालुवाटारमा डाकेको बैठकले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा एकएक गरी स्वास्थ्य जाँच कडा गर्नुका साथै औषधि र उपकरणको पर्याप्त मात्रामा भण्डारण गर्न र चिकित्सक परिचालन गर्न निर्देशन दिएका छन्।

पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार उच्चस्तरीय समन्वय समितिमा गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ, शिक्षा, सञ्चार, उद्याग, वाणिज्य तथा आपूर्ति, कृषि मन्त्रालय र मुख्यसचिव रहेका छन्।

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, नेपाली सेना र सरोकार निकायका प्रतिनिधि रहने गरी कार्यान्वयन समितिसमेत गठन गरिएको छ।