बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी, भारतीय राजदूत भेटेर कानूनमन्त्री पनि पुगे - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी, भारतीय राजदूत भेटेर कानूनमन्त्री पनि पुगे



काठमाडौँ- सोमबार हुने मन्त्रिपरिषद्को बैठक आज आइतबार नै आकस्मिक रूपमा डाकिएको छ । केहीबेर अघिबाट शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल र भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा भेटेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगिसकेका छन् ।

त्यसैगरी सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, स्वास्थ्यमन्त्री विरोध खतिवडा,कृषि मन्त्री महेन्द्रराय यादव,परराष्ट्रमन्त्री डा. नारायण खड्का, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, शिक्षामन्त्री देवेन्द्र पौडेल, वनमन्त्री रामसहायप्रसाद यादव,पर्यटनमन्त्री प्रेमबहादुर आले पनि बैठकमा उपस्थित भएको बताइएको छ ।

बैठकमा मुख्यसचिव शंकरदास बैरागीलगायत १९ जनाको उपस्थिति भएको छ । अन्य मन्त्रीहरु आउने क्रम जारी छ ।