बालुवाटरमा नेकपा सचिवालयको बैठक : यस्तो छ तयारी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बालुवाटरमा नेकपा सचिवालयको बैठक : यस्तो छ तयारी



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सोमबार बालुवाटारमा बस्दै छ। लामो समयदेखि टुंग्याउन नसकेको पार्टी एकीकरणका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।

पार्टीका भातृ संगठनहरुको एकीकरणका विषयमा लामो समयदेखि रहेको विवादमा सहमति जुटाउन बैठक बस्न लागेको बुझिएको छ।

संगठनहरुको एकीकरणको काम पुस मसान्तभित्रै सक्ने गरी आवश्यक सुझाव पेस गर्न महासचिव विष्णु पौडेले नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाइएको थियो। उक्त समयावधिमा सहमति नजुटेपछि सचिवालयले दुई साताअघि नै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

सचिवालयले एक दिनभित्रै प्रतिवेदन बुझाउन दिएकाे निर्देशनपछि बसेकाे कार्यदलकाे बैठकले हालसम्म जुटेका सहमति सचिवलय बैठकमा पेस गर्ने र कार्यदलकाे समय थप गर्न माग गर्ने निर्णय गरेकाे थियाे। तर, सदस्यहरुबीच सहमति नजुट्दा सुझाव कार्यदलले हालसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन।

महासचिव पौडेलको संयोजकत्वमा रहेको कार्यदलमा रामबहादुर थापा ‘बादल’, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य छन्।

बैठक साेमबार बिहान ९ बजेका लागि बाेलाइएकाे हाे।