बाल मन्दिरलाई एनआइसी बैंकको सहयोग - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बाल मन्दिरलाई एनआइसी बैंकको सहयोग



काठमाडौँ,  चैत  १७ गते   ।

एनआइसी एसिया बैंकले नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा आश्रित बालबालिकाका लागि पोषिलो खाद्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएकोे छ ।

बैंकले आज एक प्रेस विज्ञप्ति जारी गरी विगतका वर्षदेखि मासिक रुपमा उपलब्ध गराउँदै आएको दिउँसोको खाजाका रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षका लागि उपलब्ध गराइने जनाएको हो ।

बैंकले आफ्ना ८९ शाखा कार्यालयमार्फत देशका विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग गर्दै आएको बैंकका कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डिङ प्रबन्धक सरोज भट्टराईले बताउनुभयो । रासस