बल्ल सुरू भयो बालुवाटारमा केन्द्रीय कमिटि बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक ११ बजे बालुवाटारमा सुरु भएको छ ।
भर्खरै सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् ।
उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ । बिहान नौ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु गरिएको छ ।

यसअघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ ।