बालकृष्ण खाँणको चेतावनी: प्रदेश प्रमुखको निर्णय नसच्चिए राम्रो हुँदैन - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

बालकृष्ण खाँणको चेतावनी: प्रदेश प्रमुखको निर्णय नसच्चिए राम्रो हुँदैन



काठमाडौं- नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा आज नाटकीय रुपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रदेश प्रमुखको निर्णय तत्काल सच्चाउन चेतावनी दिएका छन्।

प्रमुख सचेतक खाँणले आज विज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा सविधानको धारा १६८ को १ लाई गलत व्याख्या गरी एमालेको सरकार बनाएर शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरीतको कदम भएको उल्लेख गरेका छन्।

विपक्षी गठबन्धनले बहुमत सांसद संख्या पुर्‍याएर ४२ जनाको हस्ताक्षर र उपस्थितीमा कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष गरेको सिफारिसलाई लत्याउँदै अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानको उल्लंघन भएको विज्ञप्तीमा उल्लेख छ।

‘बहुमत प्रदेशसभा सदस्यहरुलाई पाखा लगाएर अल्पमतमा रहेका पोखरेलाई नियुक्त गरीनु संविधान र लोकतान्त्रिक मूल्य र पद्धतीको उल्लंघन गर्नु हो । प्रदेश प्रमुखद्वारा गरीएको संविधान विपरीतको यो निर्णय र नियुक्ति अविलम्ब सच्याइयोस, संशोधन गरीयोस’ प्रमुख सचेतक खाँणद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरी प्रक्रिया अगाडी बढेको अवस्थामा मुख्यमन्त्रीले नाटकीय रुपमा राजीनामा दिएर अविश्वासको प्रस्ताव उपर छलफल गरी निर्णय गर्ने संसदीय पद्धती र प्रक्रियामा मै अवरुद्ध गरेको भन्दै प्रमुख सचेतक खाँणले आपत्ति जनाएका हुन्।