बालकृष्ण भारतका आठौं धनाढ्यको सूचीमा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बालकृष्ण भारतका आठौं धनाढ्यको सूचीमा



एजेन्सी– भारतीय कम्पनी पतन्जली आयुर्वेदका सिइओ आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा उक्लिएका छन्।

चिनियाँ अनुसन्धान संस्थान ‘हुरन’ ले सन् २०१७ मा जारी गरेको भारतका धनाढ्यहरुको सूचीमा उनी आठौं स्थानमा परेका हुन्। उनी फोर्ब्स पत्रिकाले जारी गरेको विश्वकै धनाढ्य सूचीको ८१४ औं स्थानमा थिए।

गत वर्षको तुलनामा उनको सम्पत्तिमा १७३ प्रतिशत वृद्धि भएर १ लाख १२ हजार करोड रुपैयाँ पुगेको छ।

‘हुरन’ को यस वर्षको भारतीय धनाढ्य सूचीको पहिलो स्थानमा मुकेश अम्बानी छन्। दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथोमा शिव नादर, पाँचौंमा अजिम प्रेमजी, छैठौंमा साइरस एस पुनावाला, सातौंमा गौतम अडाणी, नवौंमा उदय कोटक र दसौंमा सुनील मित्तल छन्।